Wednesday, May 9, 2012

बुटवलमा हिजो साझ करिब 6.30 बज्य तिर ब्रामण क्षेत्री दलितलगायत ले गरेको राके जुलुस




बुटवलमा हिजो साझ करिब 6.30 बज्य तिर ब्रामण क्षेत्री दलितलगायत ले गरेको राके जुलुस / 
 सरकारले नेपाल बन्द लगायतका आन्दोलन स्थगित गरेर वार्तामा आउन क्षेत्री, ब्राम्हण, दलितलगायत विभिन्न समुदायलाई आहृवान गरेको छ ।
सरकारी वार्ता टोली सदस्य मन्त्री वर्षमान पुनले क्षेत्री, ब्राम्हण, दलितलगायतले घोषणा गरेको विरोधका कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनताको दैनिक जीवनमा नकारात्मक असर पुग्ने विरोधका कार्यक्रम....................


 स्थगन गरी संयुक्त सङ्घर्ष समितिलाई वार्तामा आउन आहृवान गर्नु भएको हो । पुनद्धारा जारी विज्ञप्तीमा पाँच जनाको वार्ता टोली गठन गरी शान्ति तथा पुनःमिर्ाण मन्त्रालयमा वार्तामा आउन आहृवान गर्नुभएको छ ।
क्षेत्री समाज नेपाल, ब्राम्हण, समाज नेपाल, ठकुरी समाज महासङ्घ नेपाल, नेपाल दशनामी समाजलगायतले आफूहरुलाई पनि आदिवासीमा सूचीकृत गरिनुपर्ने भन्दै भोलि बिहीबारदेखि दुईदिने नेपाल बन्दको आहृवान गरेका छन् ।
ब्राम्हण र क्षति समाजले गरेको नेपाल बन्द आव्हानका कारण देशभरको जनजीवन प्रभावित भएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि खबरदारी स्वरुप बन्दको आव्हान गरिएको संयुक्त संघर्ष समितिले जनाएको छ ।
बन्दका कारण राजधानीमासवारीका साधन सञ्चालनमा कमी आएको छ । भाडाका सवारीका साधन नचल्दा कक्षा १२ को परीक्षा लेख्ने विद्यार्थी र यात्रुहरु प्रभावित भएका छन् । यता प्रहरीले भने बन्दको कुनै प्रभाव नपरेको जनाएको छ । बन्दमा हुने अप्रिय घटनालाई नियन्त्रण गर्न राजधानीका चोकचोकमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाईएको छ ।
राजधानी बाहीर भने लामो तथा छोटो दुरीका सवारीका साधन चल्न नसक्दा जनजीवन थप प्रभावित भएको छ । मध्यपश्चिम, सुदूर पश्चिम र पुर्वि तराईमा भने बन्दको दोहोरो प्रभाव परेको छ । अखण्ड सुदूरपश्चिम र अखण्ड मध्यपश्चिमको माग राखि गरिएको बन्द आज पनि जारी रहेको छ भने पुर्वितराईमा मुस्लिम तराई गठबन्धनले बन्दको आव्हान गरेको छ ।
जातिय संघ संगठनलाई अन्य जातियमा नभई आदिवासीमा सुचिकृत गर्नु पर्ने, आफुहरुको हक अधिकार हरेक क्षेत्रमा स्थापित गर्नु पर्ने, तोकिएको समयमा संविधान बन्नु पर्नेलगायत माग राख्दै संर्घष समितिले आज र भोलि बन्दको आहृवान गरेको हो । ब्राहृमण समाज, क्षत्री समाज, ठकुरी समाज महासंघ, दशनामी समाज, विभेद मुक्ती प्रगतिशिल समाज, दलित जागरण सेवा संघ, पिछडा वर्ग महासंघलगायत संघसंगठन आवद्ध रहेको समिति बन्द गराएका हुन् । बन्दले गर्दा छोटो तथा लामो दुरीका सवारी साधान सन्चालनमा आउन नसकेकाले यात्रुहरु बीचबाटोमा नै अलपत्र परेका छन् ।
यसैबीच सरकारले बन्दकर्ताहरुलाई बार्तामा आउन आग्रह गरेको छ । विना विभागिय मन्त्री वर्षमान पुनले एक विज्ञप्ति जारी गरी बन्द हड्ताललाई स्थगन गरी बार्तामा आउन आग्रह गर्नुभएको छ ।

यता बन्दको आव्हान गदै हिड्ने मध्ये ५० जनालाई प्रहरीले पक्राउ गरेको संर्घष समितिले जनाएको छ । प्रहरीले भने आठ जनालाई मात्र नियन्त्रणमा लिएको जनाएको छ ।

No comments:

Post a Comment